७ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत–हारको रुपमा नलिन देउवाको आग्रह

sher bahadur deuba
फाइल फोटो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले काँग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको सभापति देउवाले आफ्नो धारणा व्यक्त गर्नुभएको हो।

सोमबार सर्वोच्च अदालतद्धारा जारी आदेश सम्बन्धमा एक विज्ञप्तिमार्फत आफ्नो प्रतिक्रिया दिनुहुदै देउवाले फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न अझ जिम्मेवार बनाएको बताउनुभएको छ । कसैले पनि यसलाई व्यक्तिगत जीत र हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील काँग्रेस सभापति देउवाले गर्नुभएको छ ।