१३ बैशाख २०८१, बिहीबार

आईसीपी भएर जाने भारतीय ट्रकबाट २ सय ५० किलो गाजा बरामद

WhatsApp Image 2021 07 12 at 4.03.19 PM 750x375 1

वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाजा बरामद गरेको छ ।पर्सा प्रहरीले वीरगञ्ज–२४ स्थित आईसीपी जाने सडकबाट गाजा बरामद गरेको हो ।

एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै गाजा भारततिर लैजाँदै छ भन्ने सूचनाको अधारमा पर्साको अपराध शाखाले उक्त गांजा बरामद गरेको हो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाजा सहितको कन्टेनर बरामद गरेको छ । गाजा हेटौंडाबाट ल्याईएको प्रहरीले जनाएको छ ।विशेष सुचनाको आधारमा गाजा सहितको ट्रकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पान्डेले बताए । कन्टेनर नियन्त्रणमा लिएर कार्यालयमा ल्याएर चेक जांच गर्र्दा फल्स बटम बनाएर गाजा राखिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । उनले भने ‘ भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा फेला प¥यो । चालक भाग्न सफल भए ।’ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर खान तलासी गर्दा गाडीको गेयरबक्स नजिकै सिटमा फल्स बटम बनाई लुकाएर राखिएको गाजा फेला पारेको थियो ।

२३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको २ सय ५० किलो गाजा बरामद भएको गाजा सहितको कन्टेनर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्रोतका अनुसार रुपन्देही हुँदै गाजा भारत लैजाँदैछ भन्ने सूचना प्रहरीसँग आईतबारदेखि नै थियो । तर वीरगञ्जको आईसीपी हँुँदै लैजान लागेको सूचना पाए लगत्तै प्रहरी सहायक निरीक्षकको टोली चेकजाँचका लागि खटिएको थियो ।