२१ बैशाख २०८१, शुक्रबार

एमाले कार्यदलमा एकताको ‘सहमति’,आज अन्तिम रुप दिइने

uml 1

नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको हिजो दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले सञ्चारकर्मीसँग भने, ‘वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’ सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि आज बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।

माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ ।