१७ बैशाख २०८१, सोमबार

अज्ञात रोगबाट एक महिलाको मृत्यु, दुई दर्जन बढी बिरामी

agyat rogbta birami 72

सप्तरीमा अज्ञात रोगबाट एक महिलाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति बिरामी भएका छन् ।

जिल्लाको महादेवा गाउँपालिका–२ चकलीकी ४० वर्षीया सितादेवी रजकलाई बिहीबार साँझ अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको राति मृत्यु भएको हो । ‘फुड पोइजन’ जस्तो लक्षण देखिएर महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।

बिरामीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरूमा अपच, वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएको निमित्त प्रमुख यादवले बताउनुभयो ।