२१ बैशाख २०८१, शुक्रबार

प्रहरीले जाहेरी लिएन्ः पीडित

rautahat police

इलाका प्रहरी कार्यालय गरुडा रौतहटले जाहेरी दरखास्त दर्ता गर्न आनाकानी गरेको पीडितले आरोप लगाएको छ ।

रौतहट जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुर टोल निवासी पीडित महमद इसराफुल मियाँले यस्तो आरोप लगाएका हुन् । स्थानीय नेक महमद , सौखत अली, नेसरुल मियाँ र मोसफिर मियाँले सामुहिक रुपमा कुटपिट गरि अंग भंग गरे पछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी लिएर जादा प्रहरीले दर्ता गर्न नमानेको पीडितलेआरोप लगाए । असार ५ गते आफ्नो घरमा बसेको बेला समुहमा आएका प्रतिवादी हरुले हमला गरि घाइते बनाएको जाहेरी दरखास्तमा उल्लेख गरिएको छ । कार्यालयले जाहेरी लिन नमानेपछि जिल्ला हुलाक कार्यालयबाट जाहेरी दर्खास्त दर्ता गर्न पठाएको पीडितले बताए । न्याय पाउनको लागि जस्त भोग्नु परेको अवस्था रहेको पीडितको दुखेसो रहेको छ । राजनीतिक दवावमा आएर प्रहरीले थप अन्याय गर्न लागेको आरोप पीडितको रहेको हो । जाहेरी दरखास्तमा प्रतिवादी बनाईएको व्यक्तिहरुको प्रहरबाट ४० वर्षीय मेराजुल मिया , २२ वर्षीय नेजारुल मियाँ , खैतुंन नेसा माथि आक्रमण गरि घाइते बनाएको दावी गरिएको छ ।