१४ बैशाख २०८१, शुक्रबार

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतबाट परमादेश जारी हुन्छ : प्रचण्ड

prac

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले सर्वोच्च अदालतबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिने परमादेश जारी हुनेमा विश्वस्त रहेको बताएका छन् ।

निष्ठावान माओवादी नेता महादेव यादव‘संग्राम’लाई अन्तिम विदाई गर्न मंगलवार बिहान जनकपुरधाम आइपुगेका प्रचण्डले भने ‘संविधान र लोकतान्त्रिक मूल्यमान्यताको मर्म र भावना अनुसार प्रतिनिधिसभा पुनःस्थापना हुने र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुनेमा म विश्वस्त छु । सर्वोच्च अदालतबाट असार २९ गते फैसला आउने संभावना रहेकोछ ।अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएकोछ ।यस अघिपनि उनले संघीय सरकारमा थपिएका मन्त्रीहरु हटने अदालतको फैसला आउनु अगावै बताएका थिए ।त्यसको प्रधानमन्त्री केपी शर्मा ओलीले कडा आलोचना गरेका थिए । ‘लोकतान्त्रिक मूल्यमान्यतालाई नाङ्गै कुल्चने, संविधान मिच्ने काम गरिएकोछ’ उनले भने, अदालतले संसद् पुनःस्थापना गर्छ भन्नेमा मलाई कुनै शंका छैन् । ‘संसद् पुनःस्थापना मात्रै होइन १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिकोमा बुझाएको पत्र र १ सय ४६ सांसदसहित सर्वोच्च अदालतमा बुझाएको रिट निवेदनको आधारमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ भने विश्वास मलाई छ ।

‘संसद पुनःस्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ’ प्रचण्डले भने, ‘ त्यता तर्फ म कल्पनासम्म गर्न सक्दिनँ ।’ प्रधानमन्त्री केपी ओलीले अदालतलाई अनावश्यक दवाव दिन खोजेको भन्दै यसबाट उनी निरंकुशतातर्फ थप अग्रसर हुँदैछ भन्ने प्रमाणित हुने जिकिर उनले गरे । ‘अदालतलाई दवाब दिन प्रधानमन्त्री ओलीले खोज्दै छन्’ उनले भने, यसले उनी निरंकुशता तर्फ थप अग्रसर हुँदै छन् भन्ने प्रमाणित भइरहेको छ ।’ ‘ओलीजी नेपाली जनताको नजरमा लोकतन्त्र बिरोधी र निरंकुश तत्वको रुपमा रहेको उजागर भइसकेको छ’ प्रचण्डले भने, उहाँले गरेर अब केही हुनेवाला छैन ।’ संविधानमा व्यापक त्रुटी रहेकोले संशोधन अनिवार्य भएको आवाज तराई/मधेशमा उठिरहेको बेला प्रचण्डले त्यो यथार्थलाई स्वीकारे । ‘संविधान त्रुटीपूर्ण रहेको अब सबैले बुझिसके’ उनले भने, संविधान संशोधन हुनुपर्ने पक्षमा म छु । प्राप्त अधिकारको रक्षागर्न संविधानलाई संशोधनगर्दै अगाडी बढनुपर्नेमा उनले जोड दिए । प्रचण्डले प्रदेश २ को नामाकरण ‘मधेश प्रदेश’को रुपमा गर्नुपर्ने बताए ।‘मधेशीको पहिचान र मधेश आन्दोलनलाई स्थापित गर्नपनि प्रदेश २ लाई मधेश प्रदेश नै नामाकरण गर्नुपर्छ’ उनले भने, त्यसका लागि हाम्रो पार्टीले प्रयास गर्नेछ ।