२१ बैशाख २०८१, शुक्रबार

सुजिताको मृत्यु प्रकरण: अवरुद्ध राजमार्ग खुलाउन खोज्दा झडप, सात प्रहरी घाइते

pradarsan Ew7jZONTZi

चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ । स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।

अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको एसपी अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु सर्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले अनुरोध गरेका छन् ।

प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । चितवन प्रशासनले भोली बेलुका ७ः३० बजेसम्म कफ्यु आदेज जारी गरेको छ ।