११ बैशाख २०८१, मंगलवार

आमिर र किरणको सम्बन्ध विच्छेदको घोषणापछि बोलिन् कंगना, गरिन् आलोचना

Kangana Ranaut

बलिउड अभिनेत्री कंगना रनौट भारतमा फिल्मका कारण मात्र चर्चामा आएकी छैनन् । उनी त विभिन्न विषयमा बोलिरहेकी हुन्छिन् ।

अब अहिले उनी बलिउडको चर्चित जोडी आमिर खान र किरण रावको डिभोर्सबारे बोलेर फेरि चर्चामा आएकी छिन् ।

उनले आमिरको डिभोर्स भए पनि उनीहरुको सन्तानबारे कुरा उठाएकी हुन् । उनले आमिर मुस्लिम हुँदैमा किन उनकी पत्नीको हिन्दू धर्म छायामा परेको र उनीहरुको बच्चा पनि मुस्लिम भएको भन्दै प्रश्न उठाएकी हुन् । उनले यस्तो आलोचना गरेपछि फेरि उनको चर्चा चुलिएको छ ।