१३ बैशाख २०८१, बिहीबार

चितवनमा सुजिताको शव भेटेकै जंगलमा फेरी एक व्यक्तिले गरे आत्महत्या

sujita hattyaaaa

पूर्वी चितवनको राप्ती नगरपालिकामा फेरी एक पुरुषले आत्महत्या गरेका छन् । राप्तीको वडा नम्बर ३ का ७६ वर्षीय इन्द्र प्रसाद दुलालले झुन्डिएर आत्महत्या गरेका हुन् । मानसिक सन्तुलन अलि ठिक नभएकोले उनले आत्महत्या गरेको हुन सक्ने डडुवा प्रहरी चौकीका प्रमुख राजिब गिरीले बताएका छन् ।

शनिबारदेखी घरबाट निस्केका दुलालको घरनजिकैको ब्रम्हास्थानी सामुदायिक वन क्षेत्रमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । घाँस काट्न गएका महिलाको समुहले दुलालको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

दुलाल केही महिनादेखी जेठो छोराबुहारी संगै बस्दै आएका थिए । उनले बिरामीको औषधी पनि खाँदै गरेको परिवारको सदस्यले जानकारी दिएको गिरीले बताएका छन् । दुलालको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही महिनाअघि नै उक्त वनमा सुजिता भण्डारीको मृत अवस्थामा शव फेला परेको थियो । भण्डारीले पनि आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा देखाईएको छ । आफ्नै ठुलोबाबुको छोरासंग भएको प्रेम सम्बन्धलाई परिवारले स्विकार गर्न नसक्दा भण्डारीले आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा खुल्न आएको छ ।