Close Me
१३ माघ २०८१, आईतवार

ब्रेक फेल हुँदा चितवनमा स्कुल बस दुर्घटना

IMG 20241123 WA0012

चितवनमा पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

आज अपरान्ह कालिका-९ स्थित उपरदाङ्गढीबाट पिकनिक खाएर फर्कदै गर्दा कालिका-४ स्थित चित्रवन स्कुलको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बसमा सवार ३२ जना मध्ये २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मध्ये एक बालिकाको अवस्था गम्भीर रहेको छ । घाइतेहरु मध्ये २२ जनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक जितेन्द्र चौधरीले बसको ब्रेक फेल भएपछि विधार्थीलाई जोगाउन बसलाई सडक छेउको भित्तामा ठोक्काएको बताउनु भयो ।

पहाडी बाटोमा ब्रेकले काम गर्न छाडेपनी चालकले दुई वटा मोड सहजै पार गराएका थिए । ठूलो घुमाउरो बाटो आएपछि अन्तिम विकल्पको रुपमा बसलाई भित्तोमा ठोक्काएको चालकले बताउनु भयो । बसका सह-चालक गोबिन्द पौडेलले विधार्थीलाई जोगाउन बसको क्याबिनबाट पछाडि सिटमा सार्न सफल भएकोले ठूलो दुर्घटना हुनबाट जोगिएको बताउनु भयो ।

पिकनिक खान स्कुलमा अध्ययनरत ५ देखि १० कक्षा सम्मका विधार्थी र शिक्षकहरू गएका थिए ।

पुरोनो मेडिकल कलेजमा ल्याईएको घाईतेहरुः–
१. जि. चितवन कालिका न.पा ३ बस्ने बर्ष ३२ की साबित्री पोख्रेल छाति र कम्मरमा चोट मध्यम (शिक्षिका) ।
२. साबित्री पोख्रेलको छोरा बर्ष ८ को आरम्भ पोख्रेल शरिरमा भित्री चोट गम्भिर ।
३. ऐ.ऐ. बस्ने बर्ष ११ को सार्थक गिरी टाउको र बाँया हातमा चोट मध्यम ।
४. ऐ.ऐ. बस्ने बर्ष ११ की एन्सिका सुनार टाउकोमा चोट मध्यम ।
५. ऐ.ऐ. बस्ने बर्ष ११ की प्रियंका खनाल बाँया खुट्टामा चोट सामान्य ।
६. ऐ.ऐ. बस्ने बर्ष ११ की रितिका राना मगर दाहिने हातमा चोट सामान्य ।

नयाँ मेडिकल कलेजमा ल्याईएको घाईतेहरुः–
१. जि. चितवन कालिका न.पा. ३ बस्ने बर्ष १० की एण्जल चौधरी बाँया खुट्टा र कम्मरमा चोट मध्यम ।
२. ऐ.ऐ. बस्ने बर्ष १५ की आयुष्मा कडौला बाँया खुट्टामा चोट मध्यम ।
३. ऐ.ऐ. बस्ने बर्ष ११ को आसुकोष न्यौपाने निधारमा चोट मध्यम ।
४. ऐ.ऐ. बस्ने बर्ष १४ की निजा महतो बाँया खुट्टामा चोट मध्यम ।
५. ऐ.ऐ. बस्ने बर्ष १२ को रेहान महतो बाँया खुट्टामा चोट मध्यम ।
६. ऐ.ऐ. बस्ने बर्ष ११÷१२ की अंशु गोले टाउकोमा भित्री चोट गम्भिर ।
७. बसको चालक ऐ.ऐ. ४ बस्ने बर्ष ३८ को जितेन्द्र महतो हात खुट्टा छातिमा चोट मध्यम ।
८. ऐ.ऐ. ५ बस्ने बर्ष ११ की आस्था अर्याल टाउकोमा चोट मध्यम ।
९. ऐ.ऐ. २ बस्ने बर्ष १६ को समिर गुरुङ अनुहारमा चोट मध्यम ।
१०. ऐ.ऐ. बस्ने बर्ष १५ को सौगात तामाङ दाहिने खुट्टामा चोट मध्यम ।
११. बसको सह चालक ऐ.ऐ. बस्ने बर्ष ३९ को गोबिन्द पौडेल ढाडमा चोट मध्यम ।
१२. ऐ.ऐ. बस्ने बर्ष १३ की प्राथना श्रेष्ठ अनुहारमा चोट मध्यम ।
१३. ऐ.ऐ. बस्ने बर्ष ११ की रमा आचार्य अनुहारमा चोट मध्यम ।
१४. जि. चितवन ईच्छाकामना गा.पा. ७ सुन्दरबस्ती बस्ने बर्ष ११ की रक्षा थापा मगर टाउकोमा चोट मध्यम ।
१५. जि. चितवन कालिका न.पा. ७ बस्ने बर्ष १२ की दिपा कुमाल अनुहारमा चोट मध्यम ।
१६. ऐ.ऐ. ३ बस्ने बर्ष १२ को राजिब बस्नेत नाकमा चोट मध्यम ।
१७. ऐ.ऐ. ४ बस्ने बर्ष १४ की पुर्नीमा लामा निधारमा चोट सामान्य ।
१८. ऐ.ऐ. ५ बस्ने बर्ष ११ की मौसमी गुरुङ अनुहारमा चोट मध्यम ।
१९. ऐ.ऐ. बस्ने बर्ष ११ को सिञ्जल अधिकारी बाँया हात र खुट्टामा चोट मध्यम ।
२०. ऐ.ऐ. बस्ने बर्ष ११ की माँया महतो टाउकोमा चोट मध्यम ।
२१. ऐ.ऐ. बस्ने बर्ष ११ को सचिन खतिवडा दाहिने खुट्टमा चोट मध्यम ।
२२. ऐ.ऐ. बस्ने बर्ष १४ को शुभम न्यौपाने अनुहारमा चोट मध्यम ।