८ बैशाख २०८१, शनिबार

१ सय ५० केजी गाँजासहित २ जना पक्राउ

गाँजा मानिस भेन 1024x682 1

सुनसरीको वराह क्षेत्रबाट १ सय ५० केजी गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वराहक्षेत्र नगरपालिका ८ स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी र नक्कली पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् ।

गए राती १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेक गर्ने क्रममा भ्यानबाट लागू औषध गाँजा १५० के.जी र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार २ जनाको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।