१४ बैशाख २०८१, शुक्रबार

भौतिक पूर्वाधार निर्माणमा नेपाल फेरि एक कदम अगाडि : प्रधानमन्त्री ओली

60e012930429d pm oli live ntv

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार निर्माणको लागि नेपाल फेरि एक कदम अगाडि बढेको बताउनुभएको छ । शनिबार प्रधानमन्त्री ओलीले समुन्द्रटार त्रिशुली ३ बी हब १३२ के.भी प्रसारण लाइन र सबस्टेशन उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

दुबप्चे चोर गाउँपालिकामा रहेको समुन्द्रटार सबस्टेशनदेखि किस्पाङ्ग गाउँपालिकामा रहेको त्रिशुली ३ बी हब स्टेशनसम्म ८४ वटा टावर हुँदै जाने २६ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रशारण लाइनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुभएको हो ।

उद्घाटनमा उहाँले आगामी दिनमा कसैसँग जलस्रोतको सम्झौता वा सहमति गर्दा देशलाई दूरभविष्यसम्म कुनै हिसाबले घाटा नपर्ने गरी गर्ने बताउनुभयो । ‘यसले राष्ट्रिय हित आज र भोलिका दिनसम्म सुरक्षित रहन सकोस् । साथै, हाम्रो सम्पदामाथि हाम्रो न्यायोचित हक आज र भोलिका लागि सुरक्षित रहन सकोस्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

साथै, जलस्रोतको हिसाबले विश्वका धनी देशहरुभित्र नेपाल पर्ने उहाँले बताउनुभयो । वार्षिक रुपमा २२५ अर्धघन मिटर पानी नेपालबाट बगेर जाने र पानीलाई बग्नबाट हामीले रोक्न नसक्ने भए तापनि त्यसबाट हामीले धेरै फाइदा लिइसक्ने उहाँले बताउनुभयो ।