८ बैशाख २०८१, शनिबार

पर्साका दर्जर्नौ गाउ डुवानमा

211087837 2928285987500337 5399814504044617966 n 750x375 1

विगत तिनदिन देखि परेको निरन्तरको वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुबानमा परेका छन् ।

अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन ।वीरगन्ज महानगरपालिका अधिकांस क्षेत्र डुवानमा परेको हो ।श्रीसिया खोलाको पानी वीरगन्जमा प्रवेश गरेपछि वीरगन्जको राधामाई टोल,मुर्ली आदर्शनगर छपकैया लगायतको शहरी क्षेत्रमा आएको बाढीले लाखौको क्षती भएको जनाइएको छ ।लगातारको वर्षाले पर्साका जिल्ला प्रशासन कार्यालयसहित विभिन्न कार्यालय र बस्तीहरू डुबानमा परेका छन । वीरगन्जमा जिल्ला प्रशासन कार्यालय पर्सा, कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगन्ज कार्यालयसहित केही बजार क्षेत्र पनि डुबानमा परेका छन । बिहीबार रातिदेखि अविरल वर्षाको कारण वीरगन्ज महानगरपालिका १० आदर्शनगर क्षेत्रमा मुख्य सडक नै डुबानमा परेको छ । निजी बैंक तथा वित्तीय संस्था, थुप्रै व्यावसायिक घरानाका कार्यालय तथा वीरगन्जकै मुख्य बजार पनि डुबानमा छ । वीरगन्जको ओम आश्रम क्षेत्रमा मुख्य सडकमै पानी जमेर सर्वसाधारणलाई आवागमनमा समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पोखरिया ४ का प्रभु साहको फुसको कच्ची घर पानी पसेर ढलेको छ । पकाहामैनपुर गाउँपालिकाअन्तर्गत वडा नं ४ मा रहेको खेस्राहा प्रहरी चौकीमा पानी पसेपछि चौकीलाई १ किमि दूरीमा रहेको हरिहर निमाविमा सारिएको छ । वीरगन्ज २० उदयपुर घुर्मीमा १६ घर, जिराभवानी गाउँपालिका १ बलुवा टोलमा ४ घर, जगरनाथपुर गाउँपालिका ५ दशौतामा ४० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सिर्सिया खोलाको जलस्तर बढ्दा वीरगन्ज ११ रानीघाट तथा वीरगन्ज २४ रामगढवा खोलाको पानी पसेर धेरै घर तथा सडक डुबानमा परेका छन् । वीरगन्ज २४ खल्वाटोलाका ५ घर विस्थापित भएका छन् । तीमध्ये २ घर वडा कार्यालयमा ३ घर विद्यालय भवनमा आश्रित छन् । वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयांग्र्रेलाइनलगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । यसैगरी हालै निर्माण भएको हुलाकी सडकभन्दा होचो स्थानमा रहेका उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परे भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रह्मदेव साहले बताए ।

उनले बाढीपहिरोको जोखिममा रहेका बस्तीमा सुरक्षाकर्मी खटिएकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको जानकारी दिए । लगातारको वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज–ठोरी हुलाकी सडक खण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति प¥याएको छ । हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो । खोलाको बाढीले ठोरी गाउँपालिका–१ देखि ४ सम्ममा क्षति पु¥याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि नागरिकलाई आउजाउमा समस्या परेको छ । यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका–१ पिपराका दर्जनौं घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीय शंकरदास, किसुन महतो, जंगाली राय, खिचडी महतो, शिवशंकर दासलगायत १६ जनाको घर डुबानमा परेको हो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले मंलबारदेखि लगातार वर्षा भइरहेकाले बाढी आउने र डुबानको समस्या भएका स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।