१४ बैशाख २०८१, शुक्रबार

ठुलो परिमाणको लागु औषध सहित जनकपुरधामबाट एक जना पक्राउ

IMG 2369 750x375 1

धनुषा प्रहरी प्रतिवन्धित लागु औषध सहित जनकपुरधामबाट एक जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २१ बस्ने सन्तोष महासेठले आफनै घरमा लागु औषध लुकाई राखेको अवस्थामा गौप्य सूचनाको आधारमा खोजवीन गर्दा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीले महासेठको घरमा खानतलासी गर्दा २४ किलो २ सय ८० ग्राम गांजा वरामद गरि लागु औषध सहित सन्तोष महासेठलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडी बढाएको छ । पक्राउ परेका महासेठ यस भन्दा अगाडी पनि लागु औषध मुद्दामै पटक पटक पक्राउ गरिएको वुझिएको छ ।

यस भन्दा पहिले महासेठ २०७४ साल साउन १५ गते एक किलो गांजा सहित पक्राउ परेको थियो भने उनलाई सोहि मुद्दामा धनुषा जिल्ला अदालतले एक महिना कैद सजाय गरिएको थियो । कैद भुक्तान गरि रिहा भएका उनी २०७५ साल साउन १३ गते ७० ग्राम गांजा सहित पुनः पक्राउ परेको र जिल्ला अदालत धनुषाले १५ हजार धरौटी लिएर रिहा गरेका थिए । चार वर्ष पछि पुनः पक्राउ परेका महासेठसंग ठुलै परिणाममा लागु औषध वरामद गरिएको प्रहरीले जनाएको छ ।