१६ चैत्र २०८०, शुक्रबार

पर्सा निकुञ्ज र कोशी टप्पु जंगल सफारी गराइने

3 Figure1 1

मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन् ।

‘पर्सा निकुञ्ज र कोशी टप्पु आरक्षलाई वन्यजन्तु र पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा बन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा भनिएको छ ।