१५ आश्विन २०७९, शनिबार

पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको निधन

Accident
सांकेतिक तस्विर

पर्सा र डोटीमा भएको सवारी दुर्घटनामा दुई जनाको निधन भएको छ ।

पर्साको ठोरी गाउँपालिका–४ सिकारी बाँस पुल नजिक सडकमा प्रदेश २–०३–०११ प १४८४ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

निधन हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–२ बस्ने ४५ वर्षीय जगदिप विस्ट रहेका छन् । उनको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।

डोटीको बोग्टान फुड्सिल गाउँपालिका–७ फुल्लेढुङ्गास्थित सडकमा सु.प.प्र.०१००२ त ४७७६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

निधन हुनेमा सोही ठाउँ बस्ने राम बहादुर भुलको १७ वर्षीय छोरा जीवन भुल रहेका छन् । उनको घटनास्थलमै निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका एक जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।