७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको कांग्रेसलाई कटाक्ष :‘अधिनायकवाद आउन लागेको एकतारे गुठी विधेयकको अवतारमा प्रकट भयो’

KP Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलप्रति कटाक्ष गर्दै अधिनायकवाद आउन लागेको एकतारे पनि खुबै बजाएको आरोप लगाएका छन्। चुनावको समयमा नेपाली कांग्रेसले अधिनायकवाद आउने भनेर गरेको प्रचारले हावा खाएको बताएका छन् । 

प्रतिनिधिसभामा शनिबार कांग्रेसप्रति कटाक्ष गर्दै उनले भने, आम निर्वाचनताका एउटा कुरा चलेको थियो- कम्युनिस्टको सरकार बन्यो भने रुन पनि पाइँदैन। यसलाई खुब दोहोर्‍याएको पाइयो। तर, वास्तविकता त्यस्तो थिएन। तर, लोकतन्त्र संकटमा परेको, अधिनायकवाद आउन लागेको भन्ने जस्ता कुराको एकतारे पनि खुबै बज्यो। कहिले कहाँ, कहिले कहाँ, कहिले माइतीघर मण्डलामा, कहिले गुठी विधेयकको अवतारमा त्यो प्रकट भयो।

सरकारले दुई वर्ष पूरा गरेको अवसरमा प्रतिनिधिसभामा उपलब्धि सुनाउने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘माइतीघरमा अनेक रुपमा प्रकट भयो।’ उनले प्रश्न गरे, ‘विधेयक निर्माणको प्रक्रियालाई मन नपरेको मन्त्रीको टाउकोमा हालेर, अन्तर्राष्ट्रियकरण गरेर हाम्रो लोकतन्त्र कसरी बलियो होला ?’

७र८ महिनामै सरकार फेरिरहने अस्थिरतालाई ध्यानमा राख्दा दुई वर्षसम्म एउटै सरकार रहनु पनि उपलब्धिको रुपमा लिनुपर्ने अवस्था भएकोे प्रधानमन्त्री ओलीले बताए। अघिल्लो वर्ष मैले आधार वर्ष भएको बताएको स्मरण गर्दै उनले भने, ‘दोस्रो वर्षलाई विकासको आधार वर्षको रुपमा लिएको छु।’

गतवर्ष जननिवार्चित प्रधानमन्त्रीले बोल्न खोज्दा नपाएको बताउँदै उनले यसपटक बोल्न पाएको प्रति खुसी व्यक्त गरे। संघीयताको नयाँ संरचनाको सहज सञ्चालनका लागि आफूले काम गरेको दाबी गरे। ‘वित्तीय संघीयता कार्यान्वयनमा आएको छ’, उनले भने। दोस्रो वर्षमा ५५ नयाँ कानुन निर्माण भएको र २०१ वटा ऐन संशोधन भएको र मौलिक हक कार्यान्वयनमा आएको उनले बताए।

सरकार इन्डेक्सुमा मात्रै होइन, इम्प्रेसनुमा पनि अघि रहेको प्रधानमन्त्री ओलीले दाबी गरे। उपनिर्वाचनको परिणामले जनतामा सरकारको इम्प्रेसन देखाएको छु, उनले भने।

ओलीले विधायकहरुमा परिपक्वता आवश्यक रहेको बताए। ुएउटा प्रश्नले मलाई हरदम पिरोलिरहन्छु, प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले भने, विधेयक निर्माणको हिसाबले हामीमध्ये धेरै पाकै भइसक्यो। व्यवहारमा परिपक्वता आवश्यक छ भन्ने लाग्छ। नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको विश्वका तीब्र आर्थिक विकास गरिरहेका देशहरुमा पर्छ।

उनले आफूहरु गरिबी उन्मुलन नै गर्नेगरी अगाडि बढिरहेका बताए। उनले रोजगारीका नयाँनयाँ अवसर सिर्जना गरिएको बताए। पुरानालाई रोजगार दिन सकिएन होलाु, उनले भने, तर, नयाँलाई रोजगार दिलाउन सकेका छौं।