११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री ओलीको दाबी–कोही बेरोजगार बस्नु परेको छैन,श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएका छौं

KP Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबजारमा आएका सबैलाई रोजगारीको अवसर प्रदान गरेको दाबी गरेका छन् ।

संसदमा शनिबार सरकारको कामको बेलिबिस्तार लगाउने क्रममा प्रधानमन्त्री ओलीले श्रम बजारमा आएका कोही पनि नयाँ नेपाली बेरोजगार नरहेको दाबी गरेका हुन् ।

उनले भने ‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,’

अब पुराना बेरोजारलाई मात्र रोजगारी दिन बाँकी रहेको उनले बताए । उनीहरुको तथ्यांक श्रम मन्त्रालयले तथ्यांक संकलन गरिरहेको भन्दै उनले शिक्षा र सिपलाई जोड्न नसक्दा युवा साक्षर शिक्षित बेरोजाार बन्न पुगेको उनले बताए । उनले सिप अभावले बेरोजार हुने स्थिति सरकारले हटाउने बताए ।

तीव्र आर्थिक विकास गर्ने दश ठूला देशमा नेपाल परेको उनले बताए । ‘पछिल्लो तीन वर्ष ६ प्रतिशतभन्दा माथि छ। जिडिपी १८ प्रतिशत भन्दा माथि पुगेको छ। १।५ प्रतिशले गरिबीको संख्या प्रत्येक वर्ष घटेको छ।’

उनले संसदमा गरेको सम्बोधनको क्रममा मिडिया विधेयक अघि बढेको र विधेयकको विषयलाई लिएर अभिव्यक्ति स्वतन्त्र रोकियो भन्नु उपयुक्त नरहेको दाबी गरे ।