१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधि सभाको अन्तिम बैठक आज बस्दै

nepal parliament building

प्रतिनिधि सभाको ११ औँ अधिवेशनको अन्तिम बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज राति १२ बजेदेखि ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयबाट आएको पत्र बढेर सुनाउने कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ औँ अधिवेशनको छलफल र उपलब्धिका बारेमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा जानकारी गराउनुहुनेछ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातिदेखि संसद बैठक अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशस भाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समयभन्दा अघि प्रतिनिधि सभाको कार्यकाल सकिने व्याख्या निर्वाचन आयोगले यसअघि नै गरेको थियो । बन्दसूची बुझाउनका लागि आयोगले भोलि र पर्सिको समय तोकेको छ ।