१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री निवासबाट राम–सीताको मूर्ति सहित रथयात्रा माडी स्थित अयोध्यातर्फ

ram sita with pm oli 21612692482 1024x683 1

चितवनको माडी स्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम–सीताको मूर्ति आज रथयात्रा सहित त्यस तर्फ लगिँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै त्यसतर्फ पठाइएको हो ।

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो ।

अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेक सहित प्रतिस्थापन गरिने जनाइएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाल र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत अतिथि सहभागी हुनुहुनेछ ।