४ बैशाख २०८१, मंगलवार

फ्रेन्ड्सविरुद्ध एपिएफ ५–२ ले विजयी

APF

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले फ्रेन्ड्स क्लब पराजित गरेको छ । फ्रेन्ड्सविरुद्ध एपिएफ ५–२ ले विजयी भयो ।

एन्फा मैदान सातदोवाटोमा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई पराजित गर्दै तीन अंक जोड्यो ।
एपिएफलाई जिताउन आशिष लामा र प्रविनकुमार स्याङ्तानले दुई दुई गोल गर्दा टोपबहादुर विष्टको भागमा एक गोल प(यो ।

फ्रेण्ड्सका लागि फिलिपे डी सुजा र विश्व अधिकारीले एक गोल गरे । दुई गोल गरेका एपीएफका आशिष लामा जारी लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

जितसँगै १३ औं स्थानमा रहेको एपीएफको ८ अंक पुगेको छ । रेलिगेशन जोनमा रहेको सरस्वतीको ४ अंक छ । एक खेल कम खेलेको सरस्वती १२ औं चरणको खेलमा पनि पराजित भए रेलिगेशनमा पर्ने पक्का हुनेछ ।