१६ चैत्र २०८०, शुक्रबार

‘ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै ह्वाइट हाउस पुगे एक व्यक्ति

GettyImages 1063284214

ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेका छन् ।

वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए ।

प्रहरीका अनुसार ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको छ ।

पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जानकारी प्रहरीलाई दिएका छन् ।

उनलाई अहिले मानसिक अस्पताल लगिएको र त्यहाँ उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिनेछ । त्यसपछि उनीमाथि थप कारवाही प्रक्रिया सुरु हुनेछ । एजेन्सी