१४ बैशाख २०८१, शुक्रबार

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष गिरिजाप्रसादको शालिक अनावरण

girija pd koirala
फाइल फोटो

गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शालिक शनिबार अनावरण गरिएको छ ।

झापामा स्थापना गरिएको यो उहाँको पहिलो शालिक हो । कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले शालिकको अनावरण गर्नुभयो । भारतको जयपुरबाट नेपाली रु एक लाख २० हजारमा खरिद गरेर उहाँको अर्धकदको प्रतिमा ल्याइएको नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति मणि उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले नेपाली राजनीतिका शिखर पुरुष कोइराला स्मृतिलाई जीवन्त राख्न कार्यालयको बरण्डामै उहाँको शालिक राखिएको बताउनुभयो । शालिक निर्माणका लागि पार्टीका कार्यकर्ताबाटै रकम सङ्कलन गरिएको थियो ।