fbpx
४ बैशाख २०७८, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा तीन प्रहरी गम्भीर घाइते

सांकेतिक तस्विर

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल स्थित सुनगढामा म२प ४६७४ नंको पल्सर मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका अनुसार गम्भीर घाइते हुनेहरूमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको तालिम गरिरहेका २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेका छन् ।

घाइते तीनै जनाको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

घाइतेको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कैलाली लगिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।