१३ बैशाख २०८१, बिहीबार

‘म यस्तो गीत गाउछु-२’को तेस्रो गीत सार्वजनिक

ma yesto geet gauchu 2

फिल्म म यस्तो गीत गाउछु २ को तेस्रो गीत सार्वजनिक गरिएको छ ।

कसम कसम बोलको सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर दिनेश राज पुरीको शब्द तथा अर्जुन पोखरेलको सँगित रहेको छ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको गितमा फिल्मका मुख्य कलाकार पल शाह र पुजा शर्मा फिचर्ड रहेका छन ।

गीतको कोरियोग्राफि रामजि लामिछानोले गरेका हुन । साँगितिक प्रेमकथामा बनेको फिल्म फागुनको २३ बाट प्रदर्शनमा आउदैछ । फिल्मको अगाडि नै सार्वजनिक भइसकेको २ गीतको सफलता पश्चात निर्माण टिमले तेस्रो गीत सार्वजनिक गरेको हो ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिलमको निर्माता सुदर्शन थापा र पुजा शर्मा रहेका छन । त्यसैगरी सह निर्मातामा जन्मजय साम्पाङ ।ाइको रहेको छ । भने फिल्ममा पल र पुजासँगै हरिहर शर्मा दिनेश डिसी राजा राजेन्द्र पोखरेल गनेश गिरी लगाउतको अभिनय रहेको छ ।