७ बैशाख २०८१, शुक्रबार

कोरोना प्रभाव : राेकियाे ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति

MA YESTO GEET GAUNCHHU 2 OFFICIAL TRAILER

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति रोकिएको छ। ३० फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’को प्रदर्शन मिति अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण निर्माण समूहले चलचित्रको प्रदर्शन मिति रोक्न बाध्य भएको हो।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै निर्माण पक्षले चलचित्रलाई पछाडि सारेको उल्लेख गरेको छ । विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल सरकार र जिल्ला प्रशासनले मेला-महोत्सव र भिडभाड हुने कार्यक्रम नगर्न सुचना जारी गरिसकेको छ । चलचित्र निर्माता संघले पनि चलचित्रको छायांकन रोक्न आग्रह गरिसकेको अवस्थामा हामीले आम मानिसको स्वस्थ्यलाई ध्यानमा राखेर चलचित्रलाई पछाडि सार्ने निधो गरेका छौँ ।’

नेपाल सरकारको नयाँ सुचना नआएसम्मको लागि चलचित्रको प्रदर्शन स्थागित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्देशक तथा निर्माता सुदर्शन थापाले प्रेस विज्ञप्ति जारी गर्दै ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति तत्काललाई स्थगन गरिएको जनाएका छन्।

नायक पल शाह र नायिका पूजा शर्माको मूख्य भूमिका रहेको ‘म यस्तो गीत गाउँछु २’ तीव्र प्रचारप्रसारका बाबजुद् अहिले आएर प्रदर्शन मिति स्थगन गरिएको हो।

थापाले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि पूजा र पल जोडीको रूपमा प्रस्तुत भएका थिए।

शुरूमा यो फिल्म आजबाट प्रदर्शनमा आउने तयारीमा थियो। तर, बलिउड फिल्म ‘बागी ३’ का कारण एक हप्ता पछाडि सरेर फागुन ३० का लागि मिति तोकिएको थियो। तर, कोरोनाका कारण त्यो मितिमा प्रदर्शनमा नआउने भएको हो।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेललगायतका कलाकारहरूको अभिनय छ। शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन्। पूजा र सुदर्शन फिल्मका निर्माता हुन्।

suchana