१३ बैशाख २०८१, बिहीबार

२ स्याटेलाईट ठोक्किन सक्ने नासाको चेतावनी

satellite

अन्तरिक्षमा ग्रहहरुको प्रत्येक खबर पाउनको लागि बिभिन्न देशहरुले आ-आफ्ना स्याटेलाईटहरु पठाएका छन् । तर त्यहि स्याटेलाईट अब अन्तरिक्षको मुख्य समस्या बनेको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुई वटा स्याटेलाईट आपसमा ठोक्किन सक्ने भन्दै चेतावनी दिएको छ ।

नासाका अनुसार ३१ जनवरी सन् २०२० मा दुईवटा स्याटेलाइट आकाशमा ठोक्किन सक्ने भएका छन् । नेपाली समयानुसार ३१ जनवरी अर्थात् भोली विहान पौने पाँच बजे दुई स्याटेलाईट एक आपसामा ठोक्किन सक्ने नासाले बताएको छ ।

यी स्याटेलाईट यदि एकआपसमा ठोक्किए भने अमेरिकाको पिटर्सवर्गमा त्यसको असर धेरै हुनसक्ने शंका गरिएको छ । यी स्याटेलाईट त्यो बेला जम्मा ५० देखि १०० फिटको मात्र फरकमा रहँने छन् ।

ति दुबै स्याटेलाइटले काम गर्न छोडिसकेका छन् । अन्तरिक्षमा घुमेका यी दुई स्याटेलाईटहरुमा एकको नाम आईआरएएस् रजीजीएसई ४ रहेको छ ।

जीजीएई ४ अमेरिकाले सन् १९६७ मा लन्च गरेको थियो । यो अमेरिकी वायुसेनाको जासुसी उपग्रह हो । यसको तौल ८५ किलोग्रामको छ । यो अन्तरिक्षमा १४ दशमलव ६४ किलोमिटर प्रतिसेकेण्डको गतिले घुम्ने गर्छ ।

दोश्रो स्याटेलाईट आईआरस सन् १९८३ मा लञ्च भएको थियो । अमेरिकाले यसलाई पृथ्वीको निगरानीकालागी पठाएको थियो । यसको तौल १०८३ किलोग्राम रहेको छ ।

यो पनि लगभग १५ किलोमिटर प्रतिसेकेण्ड गतिले चल्छ । यदि यी दुई स्याटेलाईट एक आपसमा ठोक्कियो भने धेरै क्षति हुनसक्ने नासाले दाबी गरेको छ ।

अन्तरिक्षमा यी दुई स्याटेलाईटहरु पृथ्वीभन्दा ९ सय किलोमिटर माथि रहेका छन् । एजेन्सीको सहयोगमा