१६ चैत्र २०८०, शुक्रबार

पूजा र आकाशको ‘मन परेसी’को शुभमुहुर्त

Capture 3

राजधानीमा फिल्म ’मन परेसी’ को शुभमुहुर्त गरिएको छ ।

श्रीपंचमीको अवसर पारेर राजधानी स्थित भद्रकाली मन्दिरमा फिल्म युनिटको उपस्थितिमा मुहुर्त गरिएको हो । मुहुर्तमा फिल्मकी अभिनेत्री पुजा शर्मा , अभिनेताद्वय आकाश श्रेष्ठ र रविन्द्र झा , डेब्यु अनुहार मोनालिसा खतिवडा , प्रस्तुतकर्ता रघु परियार , लेखक तथा निर्देशक रुपेश थिङ्ग तामाङ्ग र वितरक करण श्रेष्ठ सहित युनिटको उपस्थिति रहेको थियो ।

भद्रकाली मन्दिरमा पुजा र आकाशले स्क्रिप्टको पूजा गर्दै सफलताको कामना गरे । ‘रामकहानी’ बाट सुरु भएको पुजा र आकाशको सहकार्य , ‘पोइ र्पयो काले’ , ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ हुँदै ’मन परेसी’ सम्म आइपुगेको हो ।

‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्दि तामाङ, रविन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ , लक्ष्मण श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन् ।

अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाहीरचक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह निर्मातामा रहेका छन् । फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् भने उनलाई संवादमा सन्जोग राणाले सघाएका छन् । हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछानेररविन शाहको कोरियोग्राफी रहनेछ ।

अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा संगीत भर्ने जिम्मेवारी पाएका छन् । लभस्टोरी(एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो आइतबारबाट छायांकन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

मेडिया एण्ड मुभिज प्राली र जुना फिल्म्सको संयुक्त व्यानरमा निर्माण फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ ।