१४ बैशाख २०८१, शुक्रबार

पुजा शर्माको खुलासा : आकास बाहेक अरु नै कोही आएको छ

puja akash

नेपाली फिल्मकी अभिनेत्री पुजा शर्मा र आकाश श्रेष्ठबीच एक महिना अघि खटपट चलेको थियो । गत वर्षको लकडाउनमा एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा क्रममा पुजाले सहि जिल्ला भन्न नसक्दा आलोचित बनेकी थिइन् ।

त्यसैको विषयलाई लिएर उनको त्यो कार्यक्रम अर्थात रजतपटका प्रस्तोता प्रकाश सुवेदीबीच विवाद भएको थियो । यो समयमा पुजा शर्मालाई अभिनेता आकाशले सम्झाएका थिए । एकदमै मिल्ने पुजा शर्मा र आकाशबीच त्यहि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँग मेलम्चीमा राहत बाँड्न आकास पुगेपछि मनमुटाव भएको थियो । तर, आकाशले सम्झाएपछि भने अहिले मेलमिलाप भएको छ ।

धेरैले पुजा र आकाशलाई विवाह बन्धनमा बाँधिएको रुपमा हेर्न चाहान्थेँ तर पुजाले हालै एक अन्तरवार्ताकाक्रममा आकाश आफ्नो प्रेमी नरहेको खुलासा गरेकी छन् । हालै अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा पुजा शर्माले आफू आकास बाहेक अरु कोही आफ्नो जीवन साथी रहेको र छिट्टै मिंगल हुने तयारीमा रहेको भनेकी छन् । कुराकानीका क्रममा एक फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेका थिए । यस प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’
उनले निकै अन्कनाएर सो कुराको खुलासा गरेकी हुन् । प्रियंकाले को हो त भन्ने कुरा गर्दा अहिले नै नभन्ने र सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने पुजाले तर्क दिइन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’

अभिनेत्री पूजा शर्माको अफेयर जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग हुने गर्छ । फिल्म ‘प्रेमगीत’मा अभिन गर्दा प्रदीप खड्कासँच चलेको थियो भने ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाहसँग । त्यसपछि उनले ‘रामकहानी’ फिल्ममा अभिनय गर्दा आकाश श्रेष्ठसँग उनको नाम जोडियो । यसपछि भने अहिलेसम्म पनि उनको नाम आकासँग जोडिदै आएको छ । तर उनले आफ्नो मिल्ने साथी भएको बताउँदै आएता पनि दर्शकले पत्याइदिएका छन् । एक पटक उनको नाम निर्देशक सुदर्शन थापासँग पनि जोडिएको थियो तर यसबारेमा पुजा उनी प्रेम सम्बन्धमा रहेको र आफ्नो अभिभावक भएको बताउँदै आएकी छन् ।