१२ बैशाख २०८१, बुधबार

भारतीय अभिनेत्री सुरेखा सिक्रीको निधन

873639 surekha sikri

भारतीय अभिनेत्री सुरेखा सिक्रीको निधन भएको छ । ७५ वर्षीय सुरेखाको हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘बधाई हो’ चलचित्र र ‘बालिका बधु’ जस्ता सानो पर्दाका चलचित्रमा अभिनय गर्नुभएकी सिक्रीले सन् १९८८ देखि सन् २०१८ सम्म तीन पटक राष्ट्रिय पुरस्कार जितेकी थिइन् । गएको चार वर्षमा उहाँले दुई पटक हृदयघातको सामना गर्नुभएको छ ।

उनी लामो समयदेखि बिरामी थिइन् । उनले २०२० मा दोस्रो पटक ब्रेन स्ट्रोक झेलेकी थिइन् । त्यसयता उनी लगातार बिरामी थिइन् । २०१८ मा उनलाई प्यारालाइटिक स्टेक भएको थियो । सामाजिक संजालमा बलिउड कलाकार, टेलिभिजन कलाकार र फ्यानहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नयाँ दिल्लीमा जन्मिनुभएकी सिक्रीले तमास, मामू र बधाई हो का लागि राष्ट्रिय पुरस्कार हात पार्नुभएको थियो । उनलाई तीन पटक सर्वोत्कृष्ट सहअभिनेत्रीको राष्ट्रिय पुरस्कार दिइएको थियो । यो अवार्ड फिल्म तमस (१९८८), मम्मो (१९९५) र बधाइ हो (२०१८) का लागि यो पुरस्कार दिइएको थियो ।

यसबाहेक उनले १ फिल्फेयर अवार्ड, १ स्क्रिन अवार्ड र ६ इण्डियन टेलिभिजन एकेडेमी अवार्ड जितेकी छिन् ।