१५ चैत्र २०८०, बिहीबार

लडेर गम्भीर घाइते गायिका टिका सानु

Tika Sanu

म्युजिक भिडिओ छायाङ्कनका क्रममा लडेर लोक तथा दोहोरी गायिका टिका सानु घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ ।

“जिन्दगीमा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुराहरू हुँदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिड्दा हिड्दै लडेर खुट्टा फ्याक्चर भएको छ । चाडै काममा फर्किन सक्दिन होला ।” सामाजिक सञ्जाल फेसबुकमा उनले अस्पतालमा उपचार गराइरहेको २ वटा तस्बिर राख्दै लेखेकी छिन् ।

अहिले उनको अवस्था सामान्य रहेकाले उनी आराम गरिरहेकी छन् । काममा फर्किन केही समय लाग्ने भएकाले सबैमा पर्न जाने क्षतिप्रति उनले माफी पनि मागेकी छन् ।

    सम्बन्धित समाचार...