१४ बैशाख २०८१, शुक्रबार

“म यस्तो गीत गाउँछु २” को प्रचारमा निर्माण टिम

MA YESTO GEET GAUNCHHU 2 OFFICIAL TRAILER

सुदर्शन थापाको लेखन तथा निर्देशनमा बनेको फिल्म म यस्तो गित गाउछु २ फागुनको ३० बाट देशब्यापी प्रदर्शनमा आउँदैछ । हाल फिल्मको निर्माण टिम फिल्म प्रचारमा ब्यस्त रहेका छन । यस्तैका क्रममा फिल्मका कलाकारहरु राजधानीका बिभिन्न कलेज तथा देशको बिभिन्न ठाउँमा भइरहेको महोत्सबहरुमा पुगेर फिल्मको प्रचार गरिरहेका छन । जहाँ फिल्मका कलाकारद्धय पल शाह पुजा शर्मा तथा निर्देशक सुदर्शन थापा पुग्ने गर्दछन ।

साँगीतिक प्रेमकथामा बनेको फिल्मको सार्वजनिक ३ गीत र ट्रेलरले निक्कै चर्चा बटुलिसकेको छ । फिल्ममा पल शाह एक सँघर्षशिल गायकको भुमिकामा देखा परेका छन । सुदर्शन थापा फिल्मस् प्रोडक्सन प्रालि को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा सुदर्शन थापा र पुजा शर्मा, सहायक निर्मातामा जन्मजय साम्पाङ राई, सिनेमाटोग्राफरमा सौरभ लामा, सम्पादनमा बनिश शाह र मिलन श्रेष्ठ, सँगितमा अर्जुन पोखरेल र कोरियोग्राफरमा रामजी लामिछानेको रहेको छ ।

त्यसैगरी फिल्ममा पल र पुजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायत कलाकारहरुको अभिनय रहेको छ । करिब ३ बर्ष अगाडि प्रदर्शनमा आएको यस फिल्मको पहिलो सिक्वेल म यस्तो गीत गाउछु सुपरहिट भएको थियो भने यस फिल्मले पनि दर्शकहरुको मन जित्नेमा निर्माण टिम आशाबादीसमेत रहेका छन ।