१६ चैत्र २०८०, शुक्रबार

डेसानबाट निसानको डेब्यु

desan

थुप्रै म्यूजिक भिडियो निर्देशक गरिसकेका निर्देशक कमल एकचै मगरले फिल्म निर्देशन गर्ने भएका छन । उनको निर्देशनमा फिल्म ‘डेसान’ नामक फिल्म बन्ने भएको छ भने फिल्मको छायाँकन यही बुधवारबाट सुरु गरिने बताइएको छ । यसै फिल्मबाट निशान चौहानले नायकको रुपमा डेब्यू गर्दैछन् ।

‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत रहेका उनी बाल्यकालदेखिको नायक बन्ने सपना रहेको र उनको सपना फिलम डेसान मार्फत पुरा हुन लागेकोमा खुशि समेत रहेका छन ।

फिल्ममा निसानसँगै नम्रता सापकोटा, पुनम थापा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारु लगायतका कलाकारहरुको अभिनय रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मको छायाँकनमा चक्र महर्जन रहेका छन । फिल्मको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण फिल्ममा आफु आबद्ध भएको कुरा निसानले बताएका छन र ‘फिल्ममा आपनोे भूमिका एकदमै भिन्न रहेको कुरा पनि बताए र आफूले पाएको भूमिकालाई इमानदारपूर्वक निर्वाहा गर्न सक्दो कोशिश गर्ने साथै फिल्मको स्क्रिप्ट र टिम दुवै राम्रो भएका कारण फिल्म पनि राम्रो बन्ने उनको विश्वास रहेको छ ।