१७ बैशाख २०८१, सोमबार

गायिका आस्था राउत ४ हजार धरौटिमा रिहा

aastha raut

हिरासतमा रहेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको छ। अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई सरकारी वकिलमार्फत अभियोग पत्रसहित जिल्ला प्रशासन कार्यालय लगिएको छ ।

सामान्यतया अभद्र व्यवहारको थुनछेक आदेशमा धरौटीमा छाड्ने गरिन्छ। त्यसै अन्तर्गत गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय पनि ४ हजार धरौटिमा रिहा गरिएको छ ।

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सभामा गायिका आस्था राउत पक्राउको विषयलाई उठाउँदै सांसद ओलीले भनिन्, ‘एउटा सामान्य भनाभन भएको घटनालाई लिएर चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिनु गलत हो।’

भएको के थियो ?

१ माघमा काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।

उनलाई प्रहरी जवानले ‘तँ’ भनेको भन्दै भनेकी छन्, ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफैं चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले अगाडि भनेकी छन्, ‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।