१७ बैशाख २०८१, सोमबार

आस्था राउत अस्पताल भर्ना

aastha raut

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था आफै सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । गायिका राउतलाई ४ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती पाएको थियो ।

फेसबूक लाइभमा आएर प्रहरीलाई अपशब्द प्रहार गरी गालीगलौज गरेपछि आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।