१६ बैशाख २०८१, आईतवार

कानूनी रुपमा जे हुन्छ म बेहोर्न तयार छु : आस्था राउत

aastha raut

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष म्याद थपका लागि अनुरोध गरेको थियो । गायिका राउतलाई ४ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमती दिएको छ ।

फेसबूक लाइभमा आएर प्रहरीलाई अपशब्द प्रहार गरी गालीगलौज गरेपछि आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

जिल्ला प्रशासन कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गायिका राउतले कानूनअनुसार हुने कारवाहीलाई आफूले स्वीकार्ने बताइन् । प्रहरी नियन्त्रणमा रहेकी आस्थाले पत्रकारहरु संग भनिन्, “म आज बिहान आफै नै प्रहरी समक्ष आएकी हुँ र आत्मसमर्पण गरेकी हुँ । मैले प्रहरीलाई अनुषन्धानमा सक्दो सहयोग गरिरहेकी छु , कानूनी रुपमा जे हुन्छ म बेहोर्न तयार छु” ।