१६ बैशाख २०८१, आईतवार

आसर्नल २-१ को जित निकाल्दै एफए कपको पाँचौ चरणमा

bournemouth arseal

आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको पाँचौं मिनेटमा साकाले ग्याब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

arsenal win 2

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले सिमोन फ्रान्सिसको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी हुन सफल भयो ।

arsenal win 1