१६ चैत्र २०८०, शुक्रबार

मुख्यमन्त्री राउतको दाबी, पाँच वर्षसम्म न सरकार फेरिन्छ, न मन्त्री

Nepal Engineers Association

प्रदेश २ मा सरकार परिवर्तनको हल्ला चलिरहेको समय मुख्यमन्त्रीले पाँच वर्षसम्म सरकार परिवर्तन नहुने बताएका छन्।

सामाजवादी पार्टी र राजपा नेपालको सरकार यस प्रदेशमा बनोस भन्ने चाहना प्रदेशको जनताहरुको रहेकोले त्यसै अनुसार यो सरकार चलेकोले यस प्रदेशको सरकार वा मन्त्रीमण्डल परिवर्तन नहुने मुख्यमन्त्री राउतले दावा गरे।

सोमवार जनकपुरधाममा नेपाल इन्जिनियर्स एशोसिएशन प्रादेशिक केन्द्रको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दुवै पार्टीको नेताहरुले नेताहरुलाई चयन गरेर मन्त्रीमण्डलमा पठाएकोले मन्त्रीमण्डलमा पनि केहि परिवर्तन नहुने बताएका छन्।

‘अहिलेको क्याविनेटमा रहेका कुनै पनि मन्त्रीहरु फेरिने छैन् सबै यथावत रहनेछन्।’ मुख्यमन्त्री राउतले भने, ‘हामी सबै नयाँ छौँ । हामीले चाहेको अनुसार काम गर्न सकेको छैन् किनभने हामीलाई अनुभव छैन्।’

संघियता नरुचाउने तत्वहरुले प्रदेश २ को सरकार परिवर्तन भईरहेको हल्ला फैलाएको बताए। उनले प्रदेश २ ले मात्र संघियता बँचाउन सक्ने दावा समेत गरे। त्यस्तै लामो समय देखि भुक्तानी नपाएको उपभोक्ता समितिलाई चाँडै भुक्तानी दिने मुख्यमन्त्री राउतले बताए।

उपभोक्ताहरुलाई भुक्तानी दिन प्रदेश सरकार गम्भीर रहेको भन्दै बजेट खर्च गर्न जथाभावी रुपमा योजनाहरु वितरण भएको समेत बताए। त्यस्तै अहिले अख्तियारले घुस सहित समात्नेमा मधेशीहरुको संख्या अत्याधिक रहेकोले यसमा समेत उनले शंका प्रकट गरे।

उनले आफु भ्रष्टचारीको पक्षमा नरहेको भन्दै भने, ‘अख्तियारले घुस सहित जतिलाई समात्छ त्यो सबै तराई मधेशकै मधेशीहरु हुन्छ। के तिनीहरु साँच्चिकै भ्रष्टचारी हुन रु यसै समुदायका प्राविधिकहरु, इन्जिनियरहरु समात्दा कही न कहिँ शंकाको घेरा छ।’