१४ बैशाख २०८१, शुक्रबार

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्कियो आर्सनल

arsenal

ब्रोटफोर्डलाई ३-० ले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार ब्रोन्टफोर्डमाथि सहज जित निकाल्दै आसर्नलले शीर्ष स्थानका लागि म्यानचेस्टर सिटी र टोटनहमसँग एक अंकको अग्रता बनाएको हो ।

पहिलोमा हाफमा विलियन सलिबा र ग्याब्रियल जिजसको गोलबाट आर्सनलले खेलमा पकड बनाएको थियो । सलिबाले १७औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा जिजसले अग्रता दोब्बर पारे । ४९औं मिनेटमा फावियो भियराले आर्सनलका लागि तेस्रो गोल गरे ।

जितसँगै सात खेलबाट १८ अंक जोडेको आर्सनले तालिकाको शीर्ष स्थानमा उक्लियो । यता, आर्सनलसँग पराजित ब्रोन्टफोर्ड नौ अंकसहित नवौं स्थानमा छ ।