१४ बैशाख २०८१, शुक्रबार

शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको लक्ष्यमा धक्का

arsenal vs newcastle

शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने आर्सनलको लक्ष्यमा धक्का लागेको छ ।

सोमबार राति भएको इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग २-० अन्तरले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग यात्रा कठिन बनेको हो ।

आर्सनल रोकिदा लन्डन क्लब टोटनहमलाई फाइदा पुगेको छ । उसको आर्सनल भन्दा दुई अंक बढी छ । अब अन्तिम खेलले च्याम्पियन्स लिगमा छनोट हुने चौथो टोलीको टुंगो लाग्नेछ ।

न्युक्यासल घरेलु मैदान जेम्स पार्कमा वेन वाइटले आत्माघाती गोल गर्दा आर्सनल ५५औं मिनेटमा १-० ले पछि परेकाे हाे ।

ब्रुनोले खेल सकिन पाँच मिनेट अघि गोल गर्दा आर्सनल स्तब्ध बनेको थियो ।

हारसंगै ३७ खेलबाट ६६ अंक बनाएको आर्सनल पाँचौ स्थानमा छ । न्युक्यासल समान खेलबाट ४६ अंक सहित १२औं स्थानमा छ ।