७ बैशाख २०८१, शुक्रबार

युरोपा लिगको नकआउट चरणमा आर्सनल

arsenal sa

बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ ।

इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । उसले अर्को खेलमा ज्युरिचलाई ५–० ले हराएको छ ।

समूह ‘ई’ मा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ओमोनिया निकोसियालाई १–० ले हरायो भने त्यसमा दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा स्कट म्याक टोमिनीले गोल गरेका छन् । म्यानचेस्टरको समूहको दोस्रो स्थानमा छ ।

पहिलो स्थानको रियल सोसिडाडको चार खेलबाट १२ अंकमा छ ।