२० बैशाख २०८१, बिहीबार

पत्रकारको परिक्षा झण्झटिलो हुन्छ,आवश्यकै छैन : सञ्चारमन्त्री गोकुल बाँस्कोटा

State Minister Gokul Baskota

मिडिया काउन्सिलले पत्रकारहरुको परीक्षा लिन विषयमा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन् ।

पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भन्दै सञ्चारमन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने बताए ।

सोमबार राष्ट्रिय सभाको विधायन समितिमा भएको छलफलमा मन्त्री बाँस्कोटाले परीक्षासम्बन्धी प्रावधान हटाउन माग गरेका थिए । तर, मन्त्री बाँस्कोटाको माग विपरीत समितिले पत्रकारको परीक्षा र लाइसेन्स सम्बन्धी प्रावधान राखेर प्रस्ताव पारित गरेको छ ।

हरेक दिन विभिन्न मिडियामा पत्रकारहरुको नियुक्ति भइरहने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन–कुन दिन चलाउँछ परीक्षा ? एउटा त एकघण्टे डिपार्टमेन्ट नै राखिराख्नुपर्ने भो ! यो देशले पनि थेग्न सक्दैन । यो झण्झटिलो हुन्छ । यो आवश्यकै छैन ।’