७ बैशाख २०८१, शुक्रबार

आन्तरिक राजस्व कार्यालयका अधिकृत घुस रकमसहित पक्राउ

handcuff

आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुयपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

विद्युतीय बिजक जारी गर्ने अनुमतिपत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट रंगेहात पक्राउ गरेको जनाइएको छ ।