१५ बैशाख २०८१, शनिबार

म माथि भौतिक आक्रमण हुन सक्छः प्रधानमन्त्री ओली

kp woli pokhara

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताउनु भएको छ ।पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताउनु भयो ।

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उहाँले भन्नु भयो । उहाँले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उहाँले कार्यकर्ताहरुलाई अपिल गर्नु भयो ।

प्रधानमन्त्री ओलीले भन्नु भयो , ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताउनु भयो ।