१३ बैशाख २०८१, बिहीबार

फरार दम्पती पक्राउ

0

दैलेख ः जिल्लाको नारायण नगरपालिका–६ का एक दम्पति पक्राउ परेका छन् ।

जिल्ला अदालत दैलेखबाट लगत नं. २११ र २१२ का तिनिहरु २०६२ माघ ९ गते २ बर्षको कैदको फैसला भए पछि नै फरार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बहुविवाह मुद्धामा परार रहेका नारायण नगरपालिका वडा नं. ६ का टेकराज के.सी र उनकी कान्छी श्रीमती तृप्ती केसीलाई पक्राउ गरी जिल्ला अदालत दैलेखमा कैद भुक्तानका लागि उपस्थित गराएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।