८ बैशाख २०८१, शनिबार

देश भरका १० प्रतिशत फिल्म हल बन्द हुने, जय नेपाल सधैंका लागि बन्द

16068999351606899935

नेपाल चलचित्र संघले कोभिड कहरपछि मुलुकका १० प्रतिशत हल सधैंका लागि बन्द हुने जनाएको छ ।

राजधानीको मुटु मानिने दरबारमार्ग नजिक रहेको युवापुस्ता माझ लोकप्रिय जय नेपाल फिल्म हल अहिले बन्द भएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको यो हल बन्द भएको हो ।

संघका कोषाध्यक्ष देवेन्द्र खड्गीका अनुसार सरकारले राहत उपलब्ध गराउन नसक्दा ती हल बन्द भएको बताए । महामारीपछि बन्द हुने हलमा मोफसलका अधिकांश एकल पर्दा छन् ।

सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो जयनेपाल फिल्म हल सधैंका लागि बन्द गरेको छ ।

क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले आफुले हल अब सञ्चालन नगर्ने भएकाले अहिलेलाई बन्द भएको बताए । ‘विगत २, ३ वर्षदेखि जय नेपाल हामीले घाटामा चलाउँदै आएका थियौ’ उद्दिनले भने, ‘कोभिड महामारी पछि हललाई अगाडि बढाउन झन् गाहे भएकोले हामीले नचलाउने गरेर छोडेका हौ ।’

जयनेपालका सबै सामानहरु पनि विक्री भैसकेको उनले जनाए ।

एक राणा थरका व्यक्तिसँग भाडामा लिएर आफुले फिल्महरु चलाउँदै आएको जानकारी दिएका उघिनले थपे, ‘हामीले भाडामा चलाउँदै आएको हल अब नचलाउने भनेर फिर्ता दिएका छौ । अब चल्छ, चल्दैन भन्न सकिन्न् ।’ उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे ।

नेपालमा अंग्रेजी फिल्म हेर्ने र मल्टिप्लेक्स संस्कृति सुरुआत गर्ने श्रेय जयनेपाललाई जान्छ । शहरिया सम्भ्रान्त वर्गलाई हलसम्म तान्ने कोसेढुंगाको रुपमा जयनेपालको योगदान छ ।

जय नेपाल फिल्म हलमात्र होइन कुमारी हल पनि अहिले बन्द रहेको छ । कुमारी हल भने अहिले मर्मतका लागि बन्द गरिएको हो ।

क्वेस्ट इन्टरेनमेन्टले फिल्मले लय समात्दै गए कुमारी हललाई चाँडै संचालनमा ल्याउने तयारी गरेको छ । प्रमुख उद्दिनका अनुसार क्यूएफएक्सको बीरगंज आउटलेट पनि चाँडै संचालनमा आउनेछ । अहिले कर्मचारी कटौती गरेर क्यूएफएक्सले सीमित आउटलेटर्ला संचालनमा ल्याएको छ ।

कोरोना महामारीका कारण मुलुकका अन्य धेरै हल समेत अहिले बन्द हुने अवस्थामा रहेका छन् ।

अहिले मुलुकमा १२० भन्दा बढी हल संचालनमा छन् ।

महामारीपछि भारत र चीनका पनि दशौं हजार फिल्म हल बन्द भएका छन् र बन्द हुनेमा अधिकांश सिंगल थिएटर छन् ।