२७ बैशाख २०८१, बिहीबार

प्रहरीकै गाडी कारबाहीमा

wheel lock

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको छ।

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखा प्रमुख भीम ढकालले बताए। ढकाल भन्छन् ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’।