१४ बैशाख २०८१, शुक्रबार

असीमित खुशीले रचियो चाहना विपरितको इतिहास

shirtless goalscorer and a broken corner flag 1

नकआउट चरणमा पुग्ने सम्भावना थिएन, तर टिमलाई हारबाट जोगाउन पाउँदाको खुशी भने अत्याधिक नै हुने रहेछ । त्यहि असीमित खुशीका कारण रातो कार्ड पाउनु पर्ने अवस्थासम्म आयो क्लब ब्रुगका दुई खेलाडीलाई ।

च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा समूह ए को क्लब ब्रुगका दुई खेलाडीले रातो कार्ड पाए, त्यो पनि इन्जुरी समयमा ।

गालाटासारेसँगको खेलमा बराबरी गरेपछि सेलिब्रेसनको क्रममा गरेको व्यवहारका कारण गोलकर्ता र अर्का एक खेलाडीले रातो कार्ड पाएका हुन् ।

shirtless goalscorer and a broken corner flag 2

११ औँ मिनेटमा बुयुकको गोलबाट गालाटासारेले अग्रता लिएको थियो, पराजय नजिक पुगेको क्लब ब्रुगका लागि इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा क्रिपिन दिएताले गोल गरे ।

हार नजिक पुगेको टिमले १–१ को बराबरीको अवस्थामा खेल टुंग्याउने भयो । गोल र त्यसले जोगाएको हारको खुशी असीमित थियो, दिएता उत्साहित भए । उनले खुशी साट्न आफ्नो जर्सी फुकाले, त्यसका उनले पहेँलो कार्ड पाए ।

 

 

यसअघि नै एउटा पहेँलो कार्ड पाएकाले उनले दोस्रो पहेँलो कार्ड पाएसँगै रातो कार्ड पनि पाए । सन् २०१६ यता च्याम्पियन्स लिगमा गोल गर्ने र रातो कार्ड पाउने उनी पहिलो खेलाडी हुन् । सन् २०१६ मा बार्सिलोना विरुद्ध गोल गरेका एथ्लेटिको मड्रिडका फर्नान्डो टोरेसले गोलपछि रातो कार्ड पाएका थिए ।

दिएतालाई गोलका लागि बल पास दिएका क्लिन्टन माटा पनि कम उत्साहित भएनन् बराबरी गोलका कारण । खुशीयालीमा उनले कर्नरमा रहेको झण्डमा किक हाने, झण्डा मैदानमा लड्यो ।

shirtless goalscorer and a broken corner flag 1

उनले पनि पहेँलो कार्ड पाए र पहिले नै एउटा पहेँलो कार्ड पाएकाले उनी पनि अन्ततः रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

 

इन्जुरी समयको तेस्रो मिनेटमा दुई खेलाडीले रातो कार्ड पाएपछि क्लब ब्रुग ९ खेलाडीमा सीमित भएर खेल टुंग्यायो । दुई खेलाडीले च्याम्पियन्स लिगमा क्लब ब्रुगको यो सिजनको अन्तिम खेलमा रियल मड्रिडसँग खेल्न पाउने छैनन् ।

क्लब ब्रुगले चाहना विपरितको कीर्तिमान बनाएको च्याम्पियन्स लिगमा । च्याम्पियन्स लिगको इतिहासमा खेलको इन्जुरी समयमा एक टिमका दुई खेलाडीले रातो कार्ड पाएको यो पहिलो पटक हो ।

तर उनीहरुका दुई खेलाडीले रातो कार्ड पाएको भने दोस्रो पटक हो । यसअघि सन् २००३ मा च्याम्पियन्स लिगमै सेल्टा डी भिगोसँग १–१ को बराबरीको क्रममा क्लब ब्रुगका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

shirtless goalscorer and a broken corner flag