१६ बैशाख २०८१, आईतवार

च्याम्पियन्स लिग: रियल मड्रिडको संघर्षपूर्ण जित

real

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणको खेलमा युनियन बर्लिनविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

घरेलु मैदानमा रियलले पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको जर्मन क्लब युनियन बर्लिनमाथि १–० को कठिन जित निकालेको हो ।

रियलको जितमा इंग्लिस मिडफिल्डर जुड बेलिङघमले निर्णायक गोल गरे । २० वर्षीय बेलिङघमले मड्रिडका लागि खेलेका सबै ६ खेलमा ६ गोल गरेका छन् ।

५१ औँ मिनेटमा होसेलुको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । त्यसको नौ मिनेटपछि युनियनका गोलकिपर फ्रेडरिक रोनोले जोसेलुको हेडरलाई बचाए ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिदाँ अतिरिक्त समयको चौथौँ मिनेटमा बेलिङघमले डेडलक तोडे । सोही गोलले रियललाई अंक बाँड्नबाट जोगायो । जितसँगै रियलले ३ अंग जोडेको छ भन् समूह ‘सी’ को दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा नापोलीले ब्रागालाई २–१ ले पराजित गर्‍यो । नापोली समूहको शीर्ष स्थानमा छ ।

यस्तै समूह ‘बी’ को खेलमा प्रिमियर लिग क्लब आर्सनलले पीएसभीमाथि ४ – ० फराकिलो जित हात पार्‍यो। यसै समूहको अर्को खेलमा लेन्स र सेभिया १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।