१६ चैत्र २०८०, शुक्रबार

प्रभु बैंकको भिसा कार्ड नचल्ने

images

प्रभु बैंकको भिसा कार्ड नचल्ने भएको छ। बैंकले सूचना निकालेर माघ १ गतेदेखि कार्ड नचल्ने बताएको हो।

मंगलबार जारी सूचनामा बैंकले अत्याधुनिक प्रविधियुक्त एसटिसी युपिआइ कार्ड प्रयोगमा ल्याउनको लागि पुरानो कार्ड बन्द गर्न लागेको उल्लेख छ।

अधिकतम सुविधा र सुरक्षित कारोबारको लागि बैंकले नयाँ कार्डको प्रविधि भित्राउन लागेको हो।

बैंकले माघ १ गते भित्र भिसा कार्ड हुने ग्राहकको लागि नजिकको बैंकमा जानकारी गराएर नयाँ कार्ड लिन पनि आह्वान गरेको छ।

    सम्बन्धित समाचार...